skip this

एन्फाको लिग कमिटीको संयोजकबाट शर्माले दिए राजीनामा

987 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । एन्फा लिग कमिटीका संयोजक विज्ञानराज शर्माले राजीनामा दिएका छन् ।

नेपाल सुपर लिगको फ्रेन्चाइज टिम काठमाडौँरेजर्सका निर्देशक रहेका शर्माले लिग कमिटीको संयोजकबाट राजीनामा घोषणा गरेका हुन् । उनले एन्फा लिगका महासचिवलाई राजीनामा पत्र पनि बुझाएका छन् ।

नेपाल सुपर लिग दोस्रो संस्करणमा काठमाडौँ रेजर्समा आवद्ध रहेकाले राजीनामा दिएको उनले बताएका छन् ।

“लिग कमिटीको संयोजक र काठमाडौं रेजर्स फुटबल क्बलको डाइरेक्टरको रुपमा सँगसँगै काम गर्दा कतिपय अफ्ठेरा आउनसक्ने तथा दोहोरो जिम्मेवारीले कतिपय नैतिकताका प्रश्नहरु पनि जोडिन जाने भएकाले आजको मितिदेखि राजीनामा पेस गरेको छ,” उनले राजीनामा पत्रमा भनेका छन् ।

nijgadh-supermart-adz1200-630