skip this farak Kura Pravakar

युट्युबमा नायिका रेखा थापालाई गालीगलौज गरेको भन्दै दिदी तारा राणाले दिइन् साइबर ब्युरोमा उजुरी

युट्यूवमार्फत आफ्नो चरित्रहत्या गरिएको भन्दै भन्दै प्रहरीको साइबर ब्यूरोमा निवेदन

2.92K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नायिका रेखा थापालाई युट्यूवमार्फत आफ्नो चरित्रहत्या गरिएको भन्दै भन्दै प्रहरीको साइबर ब्यूरोमा उनकी दिदीले निवेदन दिएकी छन् ।

युट्युब मार्फत तथानाम गालीगलौज गरेको भन्दै रेखा थापाकी दिदी तारा राणाले नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएको ब्युरोका प्रवक्ता तथा एसएसपी नबिन्द अर्यालले बताएका छन्।

आफूलाई विद्युतीय माध्यमबाट आफ्नो मानमर्दन र गाली बेइज्यति गर्नेमाथि कारवाही गर्न माग छ । पल शाह प्रकरणमा नाबालिग किशोरीको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएपश्चात रेखामाथि गालीगलौज सुरु भएको थियो ।

रेखाले धारणा सार्वजानिक गरेसँगै शाहका समर्थकहरुले युट्युब तथा टिकटक लगायतका सामाजिक सञ्जालमा उनीविरूद्ध घृणा फैलाउने अभिव्यक्तिहरू दिइरहेका बेला नायिका थापाको निवेदन आएको हो।

यसअघि साइबर ब्यूरोले पीडितको गोपनीयतामा असर पुग्ने किसिमका अभिव्यक्ति दिने तथा आरोपितलाई थप आहत महसुस हुने गरी अनुसन्धान प्रक्रियामा समेत बाधा पुर्‍याउने गतिविधि गर्नेहरुलाई कानुन अनुसार कार्वाही हुने चेतावनी दिएको थियो।

*यसअघि समारचामा रेखा थापाले निवेदन दिएको उल्लेख भएकोमा उनकी दिदीले निवेदन दिएको देखिएकाले शीर्षक सच्याइएको छ- डेक्स सम्पादक

nijgadh-supermart-adz1200-630