नयाँ बसपार्कमा १४ वर्षीया बालिका बलाकृत
२२ वर्षीय युवक पक्राउ
वि.सं.२०७८ फागुन २० शुक्रवार १६:३९
2.03K
shares

काठमाडाैं । काठमाडौंको न्यूरोडबाट फकाएर लगेर एकजना युवकले १४ वर्षीया बालिकालाई बलात्कार गरेकाे छ।
फागुन १७ मा बालिकालाई बलात्कार गरेको आरोपमा महानगरीय अपराध महाशाखाले सिन्धुली घर भएका रोहित विकलाई शुक्रबार पक्राउ गरेको छ ।
उनले बालिकालाई फकाएर नयाँ बसपार्कस्थित गेष्ट हाउसमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।
सिन्धुलीको तीनथाना गाउँपालिका–३ घर भएका रोहित २२ वर्षका छन् । बालिकाका परिवारले उनीविरुद्ध महानगरीय प्रहरी वृत्त जनसेवामा उजुरी दिएका छन् । थप अनुसन्धानका लागी आरोपीलाई वृत्त जनसेवामा पठाइएको प्रहरीले जनाएकाे छ ।
वि.सं.२०७८ फागुन २० शुक्रवार १६:३९
















