skip this

बारा कांग्रेस अधिवेशन : बहुमत नपुग्दा दोस्रो चरणमा धकेलियो, इतर समूह `आउट´

3.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । नेपाली काङ्ग्रेस बाराको निर्वाचनको सभापति पदकाे मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

४ वटै निर्वाचन क्षेत्रको नतिजा आइसकेको मुख्य निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिएका छ्न् । उनका अनुसार प्रतिस्पर्धीमा कुनै पनि उम्मेदवारले खसेको मतको बहुमत नल्याएकाले सभापति चयन प्रक्रिया दोस्रो चरणमा पुगेको छ ।

अन्तिम मतगणना अनुसार राजेश राय यादव १४ मतले अगाडि छन् । कुल खसेको मतमा राजेश राय यादव ले ८३३ , शम्भु बहादुर बुढाथोकी ८०९ रामानन्द यादव ले ७०८ प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत उप्रेतीले आज बिहान ११:३० बजे बैठक बसेर निर्णय गर्ने बताए । अब पहिलो र दोस्रो धेरै मत ल्याएका राजेश राय यादव र शम्भु बहादुर बुढाथोकी बीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

संस्थापन इतर आउट

मत परिणाम अनुसार बहुमत नपुग्दा संस्थापन पक्षकै उम्मेदवार बीच प्रतिस्पर्धा हुने भएकाे छ । पहिलाे र दाेस्राे बढी मत ल्याउने दुवै उम्मेदवार संस्थापन पक्षका हुन भने इतर समुहका उम्मेदवार तेस्रो मत ल्याएका छन् । उनी पहिलो चरणबाटै बाहिरिएका छन् ।

nijgadh-supermart-adz1200-630