skip this

भ्रष्टाचारको आरोपमा वन सचिवविरुद्ध मुद्दा दायर

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा समुदायका वनका दुई पूर्व सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आइतबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार सुनसरीको आदर्श सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरूले वनमा वृक्षारोपण र तार घेराको नाममा खर्च देखाइ भ्रष्टाचार गरेको पाइएको छ ।

वनका तत्कालीन सचिव दिपक थापा मगर र जनक थापाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएको हो आयोगले जनाएको छ । दिपक थापा मगरले दुई लाख ९३ हजार ३७२ रुपैयाँ र जनक थापाले ७० हजार ८५ रुपैयाँ भ्रष्टाचार गरेको आयोगले ठहर गरेको छ ।

nijgadh-supermart-adz1200-630