skip this farak Kura Pravakar

हत्या हुने डरले १ हजार निजी स्टाफ हटाए

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो निजी स्टाफका लगभग १ हजार सदस्य हटाएका छन् ।

पुटिनलाई यी व्यक्तिहरुले आफूलाई विष दिएर मारिदिन सक्ने डर भएकोले उनले यी स्टाफ हटाएको बताइएको छ ।

पुटिनले हटाएका स्टाफमा बडीगार्ड, कुकु, कपडा धुनेहरु र निजी सचिवहरु छन् ।

यी सबैलाई फेब्रुअरी महिनामै हटाइएको हो । हटाइएका कर्मचारीको ठाउँमा जुन नयाँ कर्मचारी भर्ना गरिएको छ उनीहरुको बारेमा गम्भीर रुपमा जाँच गरिएको छ ।

पुटिनले २४ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेका छन् ।

युक्रेनमा आक्रमणका कारण रुस रउसका सहयोगीहरुमाथि विश्वका कैयौं देशहरुले प्रतिबन्ध लगाएका छन् । अमेरिकाको साउथ क्यारोलिनाका सांसद लिंडसे ग्राहमले रुसी राष्ट्रपति पुटिनको हत्या गरिन सक्ने आशंका व्यक्त गरेका छन् । ग्राहमले यो महिनाको सुरुवातमै पुटिनको तुलना तानाशाह एडोल्फ हिटलरसँग गरेका थिए । उनले त्यतिबेला भनेका थिए ‘युद्ध अन्त्य गर्ने एकमात्र तरिका यो हो कि कसैले यो व्यक्तिको हत्या गरिदेओस् ।’

क्रेमलिनका आलोचकहरुलाई नर्भ एजेन्ट नोभिचिक दिइन्थ्यो । राष्ट्रपति पुटिनका सबैभन्दा ठूला आलोचक एलेक्सेइ नभाल्नीलाई अगष्ट २०२० मा नोभिचिक दिइएको थियो तर समयमै उपचार पाएका कारण उनी जीवितै बचेका थिए । उनी अहिले रुसको एक जेलमा छन् ।

nijgadh-supermart-adz1200-630