skip this farak Kura Pravakar

महराका स्वकीय सचिवले पार्टी त्यागपछि माओवादीमा हलचल

2.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका स्वकीय सचिव तथा घोराही उपमहानगरपालिका अध्यक्ष प्रमोद शर्माले सामाजिक सञ्जालबाट पार्टी त्यागेको घोषणा गरेपछि जिल्लाको राजनीतिमा हलचल भएको छ ।

हिजो गरिएको दाङ जिल्लाको जिम्मेवारी बाँडफाँडका असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

माओवादी जनयुद्धका बेलादेखि पार्टीमा लागेका प्रमोदका जेठा दाइले माओवादी युद्ध मै ज्यान गुमाएका थिए । उनका सबै परिवार पूर्णकालीन माओवादी हुन् । उनकी श्रीमती सीता चौधरीलाई माओवादीले यसअघि घोराही उपमहानगरमा उपमेयरमा चुनाव लडाएकाे थियो । शर्मा दाङ जिल्ला कमिटीको सचिवका आकांक्षी थिए । तर, माओवादीले विश्वराज आचार्यलाई सचिव बनाएपछि उनी असन्तुष्ट बनेको चर्चा रहेको छ ।

nijgadh-supermart-adz1200-630