skip this

कार दुर्घटना अपडेट : घाईते सबैकाे पहिचान खुल्याे

2.65K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । कलंकीमा कारले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा चालकसहित ६ जना घाइते भएका छन्।

कालीमाटीबाट कलंकीतर्फ आउँदै गरेको बा ५ च ५४४० नम्बरको कारले रोकिराखेको स्कुटर र गुडिरहेको २२० पल्सरको मोटरसाइकललाई ठक्कर दिँदा २ चालक र ४ पैदलयात्रु घाइते भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीले जनाएको छ।

घाइतेहरूलाई कलंकीस्थित सहिद मेमोरियलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कार चालकको भने बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेहरू पहिचान खुलिसकेको छ।

यस्ताे छ घाइतेहरुकाे विवरण

कार चालक  कृष्ण सिटौला नुवाकाेट घर भइ हाल कंलकी- १४ मा वस्ने वर्ष ३५ का रहेका छन्, उनकाे दुईवटा खुटा भाचिएकाे छ भने टाउकाे र दुवै आँखामा चाेट लागेकाे छ ।

त्यस्तै, चन्द्रागिरि नगरपालिका-१४ नैकाप बस्ने वर्ष-४२ का अच्युत कार्की, चन्द्र बहादुर लिम्बू वर्ष ५२ का  काठमाडौं तार्केश्वर नगरपालिका-३ का रहेका छन्, उनकाे कान/टाउकाेमा चाेट लागेकाे छ ।

काठमाडौ तार्केश्वर-३ बस्ने वर्ष ३६ का देवराज फुयाल रहेका छन् भने उनकाे चाेटपटक उपचारार्थ सामान्य रहेकाे छ ।

यसैगरी कैलाली घर भएका हाल नयाँ बजार बस्ने बर्ष २६ का स्कुट चालक बा प्र 0-2030प 2687  महेश जैसी रहेका छन्, भने उनकाे अबस्था सामान्य रहेकाे हस्पिटले जनाएकाे छ । यसैगरी ओखलढुङ्गा सुनकोशी गापा ९ घर भएकी बर्ष २६ कि मनिषा कार्की रहेकी छन् भने उनकाे पनि हस्पिटलमा उपचार भइ रहेकाे छ ।

nijgadh-supermart-adz1200-630