skip this farak Kura Pravakar

आजबाट पेट्रोलियम पदार्थका डिपो खुल्दै

1.59K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाल आयल निगमले कमिशन रोकेको भन्दै गत शुक्रबारबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेर आन्दोलित व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।योसँगै आज बिहान ८ बजेदेखि सम्पूर्ण डीपो सञ्चालनमा आउँदैछन् ।पछिल्लो समय इन्डियल आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ तथा एलपी ग्याँसको मूल्य बढेर आएको भन्दै निगमले बिक्रेतालाई दिने कमिशन रोकेको थियो ।तर, व्यवसायीले ढुवानी नै रोकेपछि शनिबार निगमले ४ बुँदे सहमति गरेको हो ।

नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच सात दिनभित्र ढुवानी भाडा समायोजन गर्ने सहमति जुटेपछि आन्दोलनका कार्यक्रम स्थगित भएको हो।सहमतिपत्रमा पेट्रोलियम विक्रेता कमिशनसम्बन्धी र बुँदा नं ६ को एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्नेगरी आवश्यक कार्य गर्ने सहमति भएको भनिएको छ ।

पेट्रोलियम पदार्थका उभोक्ताहरुलाई सहज र सरल ढंगले पेट्रोलिम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डीपो आइतबार बिहान ८ बजेबाट सञ्चाल गरिने छ।

 

nijgadh-supermart-adz1200-630