skip this farak Kura Pravakar

प्रधानमन्त्री देउवा बनारस पुगे, बनारसमा मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

 

काठमाडौं । भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशस्थित वाराणसी (बनारस) पुगेका छन् । बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई स्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यना पुगेका थिए । भारतीय प्रधानमन्बी नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला उनले नेपालका प्रसिद्ध धार्मिक स्थलहरको दर्शन गरेका थिए ।

त्यसेलाई पछ्याउँदै हाल भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा पनि भारतका बिभिन्न धार्मिक स्थलहरको दर्शन गरिरहेका छन् । बनारसको भ्रमणपपछि प्रधानमन्त्री देउवा स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा गएका हुन् ।

nijgadh-supermart-adz1200-630