skip this

करेन्ट लागेर बारामा एक जनाको मृत्यु

3.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ का ६५ वर्षिय जनक राउत रहेका छन् ।

मोटरबाट खेतमा पानि पटाउने क्रममा करेन्ट लागेर घाइते भएका राउतलाई उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।

घाईते राउतलाई सिम्रौनगढ नगर अस्पताल लगिएकोमा त्यहाँ सम्भव नभएपछि थप उपचारको लागी कलैया अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

nijgadh-supermart-adz1200-630