skip this

इंग्लिस प्रिमियर लिगमा उल्भ्समाथि न्युकासलको साँघुरो जित

975 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । शुक्रबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले साँघुरो जित दर्ता गरेको छ । न्युकासलले उल्भ्सलाई १–० गोल अन्तरले हराएको हो ।न्युकासललाई जित दिलाउन क्रिस उडले निर्णायक गोल गरे । उनले खेलको ७२ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका हुन्।त्यसअघि २४ औं मिनेटमा उडले गरेको गोलले मान्यता पाएन ।

भीएआरले अफसाइड देखाएपछि रेफ्रीले गोललाई मान्यता नदिएका हुन् ।यस जितसँगै न्युकासलले ३१ खेलमा ३४ अंक जोडेको छ ।न्युकासल १४ औं स्थानमा उक्लिएका छन् ।उल्भ्स ४९ अंक जोडेर आठौं स्थानमा रहेका छन् ।

nijgadh-supermart-adz1200-630