गौतमवुद्ध क्रिकेट रंगशाला निर्माण छिट्टै सुरु हुन्छ : प्रचण्ड
वि.सं.२०७८ चैत २६ शनिवार १८:२६
lrtjg, @^ r}tM k|1f :d[lt e/tk'/ ;fOslnª Dof/fyg pb3f6g sfo{qmd g]skf -dfcf]jfbL s]G›_sf cWoIf k'iksdn bfxfn …k|r08Ú k|1f :d[lt k|lti7fgåf/f lrtjgsf] gf/fo0f3f6df zlgaf/ cfof]lht k|1f :d[lt e/tk'/ ;fOslnª Dof/fyg @)&* sf] pb3f6g sfo{qmddf dGtJo JoQm ub}{ . tl:a/M /Tg >]i7÷/f;;
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण छिट्टै अघि बढाउने बताएका छन् ।
शनिबार चितवनमा प्रज्ञा स्मृति प्रतिष्ठानले आयोजना गरेको भरतपुर साइक्लिङ म्याराथनको समापन गर्दै उनले क्रिकेट रंगशालाको बाँकी काम पूरा गर्ने सहमति भई प्रक्रिया अघि बढेको बताएका हुन् । उनले भने, ‘छिट्टै निर्माणकार्य सुरु हुनेछ ।’

युवा तथा खेलकूदमन्त्री महेश्वरराज गहतराजले नागरिकस्तरबाट निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बाँकी काम अगाडि बढाउन नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गर्ने जानकारी दिए । राष्ट्रिय सहमतिको उक्त आयोजना कुनै पनि हालतमा अलपत्र नबन्ने उनको भनाइ थियो ।

शनिबार भरतपुरमा सञ्चालित साइक्लिङ म्याराथनमा महिलातर्फ तीन घण्टा २३ मिनेटमा ६५ किलोमिटर पूरा गरी मेरिना राना मगर प्रथम र सुधा तिमिल्सिनाले ४ घण्टा १२ मिनेट १३ सेकेण्डमा ६५ किमी पार गरी दोस्रो स्थान हासिल गरे ।
त्यस्तै पुरूषतर्फ दुई घण्टा १२ मिनेट १९ सेकेण्डमा ६५ किमी पूरा गरी सन्दीप श्रेष्ठ प्रथम र त्रिभुवन आर्मी क्लबबाट दीपेश चौधरी दोस्रो बने ।
म्याराथनमा साइकल राइडर सुरज राना मगर एक घण्टा ५६ मिनेटमा ६५ किमी दूरी पूरा गरी सर्वोत्कृष्ट बने ।
वि.सं.२०७८ चैत २६ शनिवार १८:२६
















