skip this farak Kura Pravakar

विप्लव नेतृत्वको नेकपालाई निर्वाचन प्रक्रियामा आउने वातावरण मिलाउनुपर्ने कांग्रेस नेता महरको भनाई

1.42K shares
oil-nigam-amlekhgunj-adv.jpeg

 

काठमाडौ ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायतका पार्टीलाई पनि निर्वाचन प्रक्रियामा आउने वातावरण मिलाउनुपर्ने कांग्रेस नेता नैनसिंह महरको भनाई छ । उनले मुलुक लामो समय द्वन्द्वमा फसेर शान्ति प्रक्रियामा आइसकेको अवस्थामा सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन सक्ने वातावरण मिलाउन सरकारसँग माग गरेका हुन् ।

नेता महरले लामो संघर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्न र लोकतन्त्रको संस्थागत विकासका लागि निर्वाचनमा भाग लिन चाहना राखेका पार्टीहरूलाई निर्वाचन प्रक्रियामा आउने वातावरण मिलाउनुपर्ने बताएका छन् ।

नेता महरले राष्ट्रिय सूचना आयोगले आयोजना गरेको स्थानीय तहको निर्वाचनका सन्दर्भमा सूचनाको गलत प्रसारण, व्याख्या र अपव्याख्या नहोस् भन्ने उद्देश्यले आयोजित कार्यक्रममा बोल्दै नेता महरले शहीदको बलिदानबाट प्राप्त शान्ति र संविधानको रक्षा गर्दै मुलुकमा विकास गर्नुपर्ने बेला आएको उललेख गरेका छन् ।

nijgadh-supermart-adz1200-630