skip this

एसियन कप छनोटको अन्तिम खेलमा आज नेपालले अफगानिस्तानसँग खेल्दै

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा नेपालले अफगानिस्तानको सामना गर्दैछ।किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले आफ्नो अन्तिम खेलमा अफगानिस्तानको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार १।४५ बजे सुरु हुनेछ ।नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।

तर, बलियो टोली अफगानिस्तानलाई हराउँन नेपाललाई सहज भने छैन।पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५९१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ ले स्तब्ध भएको थियो।लगातार दोस्रो हारसँगै छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ुबीु मा रहेको नेपाल बाहिरिसकेको छ । अफगानिस्तानलाई हराउँदै नेपाल सान्त्वना जित निकाल्ने योजनामा रहेको छ ।

nijgadh-supermart-adz1200-630