च्याम्पियन्स लिग फुटबलमा चेल्सीमाथि रियल मड्रिडको जित
वि.सं.२०७८ चैत ३० बुधवार ०६:१९

काठमाडौं । मंगलबार राति भएको च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा रियल मड्रिडले चेल्सीलाई हराएको छ । क्वार्टरफाईनलको दोस्रो लेगमा अनुकुल नतिजा निकाल्दै स्पेनिस क्लब रियल सेमिफाईनल प्रवेश गरेको छ । दोस्रो लेगको खेलमा रियल मड्रिडले चेल्सीसँग २–३ को हार ब्यहोर्यो । तर समग्रमा ५–४ को नतिजा सहित रियल अन्तिम चारमा प्रवेश गर्यो । पहिलो लेगमा रियल ३–१ गोल अन्तरले अघि थियो ।खेलमा उत्कृष्ट पुनरागमन गर्दै चेल्सी एक समय सेमिफाईनल नजिक थियो ।
थपिएको अतिरिक्त समयमा करिम बेन्जिमाले हेड गोल गर्दै रियललाई सेमिफाईनलको यात्रा तय गराएका थिए । रियलको घरेलु मैदानमा चेल्सीले लगातार तीन गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । मिसन माउन्टले १५ औं मिनेटमा लण्डन क्लबलाई अघि बढाएका थिए । दोस्रो हाफमा रुडिगरले हेडमार्फत चेल्सीको अग्रतालाई दोब्बर बनाए । टिमो बार्नरले ७५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई उत्कृष्ट पुनरागमन दिलाएका थिए । तर अन्तिम १० मिनेट सम्हालिन नसक्दा चेल्सी क्वार्टरफाईनलमै प्रतियोगिताबाट बाहिरिएको छ । रियल पछिल्लो १२ सिजनमा १० औं पटक च्याम्पियन्स लिगको सेमिफाईनलमा प्रवेश गरेको छ ।
वि.सं.२०७८ चैत ३० बुधवार ०६:१९
















