skip this

माओवादी चुनावी पोष्टरमा कुलमान घिसिङकाे तस्बिर

2.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको हो । अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोष्टर सार्वजनिक गरेको हो ।

तत्कालीन प्रधानमन्त्री प्रचण्ड, उर्जा मन्त्री शर्मा र कार्यकारी अधिकृत घिसिङकाे नेतृत्वमा नेपालमा लाेडसेडिङ अत्य भएकाे थियाे । माओवादीले नि:शुल्क विद्युतकाे चुनावी नारा बनाएकाे छ । माओवादी नेतृ पम्फा भुषालले नेतृत्व गरेकाे उर्जा मन्त्रालयले २० युनिट विद्युुत खपत गर्ने ग्राहक र सिचाईकाे विद्युत निशुल्क गरेकी छिन् ।

nijgadh-supermart-adz1200-630