बारामा बँदेल मार्न थापिएको बन्दुकको धारापमा परि एक युवाको मृत्यु
वि.सं.२०७९ वैशाख १ बिहीवार १०:०९

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बँदेल मार्न थापेको बन्दुकको धरापमा परि एकजना युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१६ डकाहाका २८ बर्षिय सागर सिंजाली मगर रहेका छन् ।
सिंजाली गाउँका अन्य युवा सहित बालगंगा खोलामा माछा जाँदै गर्दा सोही पालिकाको धर्मनगर नजिकै खोला किनारमा थापिएको धरापमा परेका थिए ।
गएराती १ बजे भएको घटनामा परि उनी गम्भीर घाइते भएका थिए । तत्कालै उद्धार गरि उपचारका लागि लगिएको थियो ।
उपचारका क्रममै उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी भएपनि पुरा विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेर ईलाका प्रहरी कार्यालय सिमराको टोली बिहानैबाट अनुसन्धानमा खटिएको बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
वि.सं.२०७९ वैशाख १ बिहीवार १०:०९


















