skip this

कुमारी बैंकको कुमारी डबल धमाका

1.39K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कुमारी बैंकले नव वर्ष २०७९ को अवसरमा “कुमारी डबल धमाका“नामक मुद्दती निक्षेप ल्याएको छ । आफ्ना ग्राहकलाई सुविधा दिने क्रममा बैंकले यो धमाका ल्याएको हो ।

निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोत्तरी हुँदै जाने मुद्दती निक्षेपमा न्युनतम मौज्दात रु १०,००० रहेको छ । सो मुद्दती निक्षेपमा सजिलै ९०% सम्म कर्जा सुविधा समेत रहेको बैंकले जानकारी गराएको छ ।

आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले विभिन्न नयाँ सेवाहरु संचालनमा ल्याएको छ । आफ्ना देशव्यापी १९७ शाखा–संजाल, १७७ एटिएम, ४३ शाखा रहित बैंकिङ्ग इकाई तथा १६ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

nijgadh-supermart-adz1200-630