skip this

हेटौँडाको मेयरमा एकीकृत समाजवादीबाट पोखरेल र लामाको नाम सिफारिस, उपमेयरमा चार जना

2.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

मकवानपुर । आगामी वैशाख ३० म हुने निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयर पदका लागि नेकपा एकीकृत समाजवादी पार्टीले २ जनाको नाम सिफारिस गरेको छ ।

हेटौँडा उपमहानगरपालिका कमिटीको आज शनिबार बसेको बैठकले मेयरमा बहालवाला उपमेयर मिना कुमारी लामा सहित एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको नाम सिफारिस गरेको हो ।

बैठकले मेयरमा लामा र पोखरेलसहित उपमेयर तथा वडा अध्यक्ष पदका उम्मेदवारको नाम पनि पार्टी जिल्ला कमिटी सिफारिस गरेको छ ।

बैठकले हेटौँडाको उपमेयर पदको उम्मेदवारको रूपमा तिलक अधिकारी, ध्रुव भुजेल, कविन पन्त र तारा ढुङ्गाना लामाको नाम सिफारिस गरिएको छ ।

यस्तै, हेटौँडाका १९ वटै वडाबाट अध्यक्षका उम्मेदवार पनि नगर कमिटीबाट जिल्ला कमिटीमा सिफारिस भएका छन् । हेटौँडा १ मा बेगम बराल, २ मा तारा ढुङ्गाना लामा र शिरि पराजुली, ३ मा तेजराज बर्तौला, मेनुका पौड्याल र यादव गौतम, ४ मा निरज सिंह, ५ मा रविन्द्र पोख्रेल, ६ मा गोपालप्रसाद दाहाल, ७ मा राजु अधिकारी, रघुप्रसाद आचार्य, ८ मा बैकुन्ठप्रसाद सापकोटा, ९ मा सुकराम केसी, १० मा प्रेमकुमार गुरुङ, ११ मा देवकुमार श्रेष्ठ, १२ मा सोमलाल बल, १३ मा मनोज वाइवा, विष्णुमाया लामा, राजकुमार वाइवा, नवराज थिङ, १४ मा मोहनसिं मोक्तान, १५ मा दिपेश थिङ, प्रेमबहादुर भोम्जन, १६ मा लोकनाथ चौलागाईं, १७ मा कृष्णबहादुर सापकोटा, १८ मा केदार बानिया र १९ मा रामप्रसाद पौडेल अध्यक्षका लागि नगर कमिटीबाट पार्टी जिल्ला कमिटीमा सिफारिस भएका हुन् । बैठकले १९ वटै वडाका लागि चुनावी कमान्डरहरू पनि खटाएको छ ।

गठबन्धनबाट चुनाव लड्ने केन्द्रीय गठबन्धनको सहमति भए पनि पार्टीका तर्फबाट वडादेखि उपमहानगरसम्मको नेतृत्व लिन उम्मेदवारहरूको नामबारे बैठकमा निर्णय भएको जनाइएको छ ।

यस्तै, गठबन्धनको निर्णयप्रति पूर्ण प्रतिबद्ध रहँदै गठबन्धनका सम्पूर्ण उम्मेदवारलाई जिताउनका लागि नेकपा एकीकृत समाजवादी एक ढिक्का भएर लाग्ने निर्णय पनि गरिएको छ ।

nijgadh-supermart-adz1200-630