skip this

बाराको जीतपुरसिमराका वडाध्यक्षमाथि आक्रमण

आफ्नै पाार्टीकाले आक्रमण गरेको आरोप

2.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष अस्लम देवानमाथि सांघातिक हमला भएको छ ।

स्थानीय एमाले नेता समेत रहेका देवानले आफूलाई एमालेकै स्थानीय नेताहरूले ज्यान लिने उद्देश्यले आक्रमण गरेको आरोप लगाएका छन् ।

मंगलबार साँझ मोनालिसा कोइला डिपो अगाडि वडा अध्यक्ष देवान र उनका दुई दाजु–भाइमाथि आक्रमण भएको अस्लमका भतिजा अरबाग देवानले बताए ।

तीनै जनाको नारायणी बयोधा अस्पतालमा उपचार भईरहेको छ । मुटुका बिरामीसमेत रहेका वडाध्यक्ष देवानका दाजु नाजिरको अवस्था गम्भीर छ ।

अस्लम देवान २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले टिकट नदिएपछि माओवादीवाट लडेर चुनाव जितेका थिए । चुनाव जितिसकेपछि फेरि उनी एमालेमै फर्किएका थिए । अहिले पनि उनी एमालेबाट वडा अध्यक्षको दाबेदार हुन् ।

२०७४ सालको निर्वाचनमा देवानसँग प्रतिस्पर्धा गरेका एमालेका मुस्तकिम अन्सारीले आफूमाथि आक्रमण गराएको आरोप देवानले लगाएका छन् ।

देवानले आफूमाथि हमला गर्न एमाले नेता मुस्तकिम अन्सारी सहित चाँद महमद मिया मन्सुरी, राजामहमद मिया मन्सुरी, अनवारुल मिया मन्सुरी, ईलताफ मिया अन्सारी र सन्तुल्लाह मिया गरी ६ जना संलग्न रहेको आरोप लगाएका छन् ।

nijgadh-supermart-adz1200-630