skip this

निजगढमा एमालेबाट मेयर पुरी र उपमेयरमा थिङले पाए उम्मेदवारी

7.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । नेकपा एमालेबाट बाराकाे निजगढ नगरपालिकाकाे मेयर पदकाे उम्मेदवारमा सुरथ पुरी र उपमेयरमा मुना थिङ चयन भएका छन् ।

पुरी एमाले निजगढ नगर कमिटी अध्यक्ष हुन् । उनी निजगढ खानेपानीका पुर्व अध्यक्ष हुन् ।

एमाले जिल्ला कमिटीले साेमबार मेयर र उपमेयर पदकाे उम्मेदवार टुंगो लगाएकाे हाे ।

एमालेबाट मेयरमा पुरीसहित उपमेयर लिलादेवी लामिछाने खनाल, यमबहादुर खड्का नारायण, अम्बिका प्रसाद चाैलागाइ, एकबहादुर श्रेष्ठ, दिलबहादुर लामा सिफारिस भएका थिए ।

त्यस्तै उपमेयरमा थिङसहित दुर्गा काेइराला, अन्जु नेपाली, सर्मिला केसी, मिरा पाेखरेल, शाेभा राउत, सरिता सापकोटा, सरिता राई, तिलक घलान र गणेश लामाकाे नाम लगायत सिफारिस भएकाे थियाे ।

nijgadh-supermart-adz1200-630