बारामा एमालेले खाता खाेल्याे, निजगढ ३ मा वडा महिला सदस्य निर्विरोध
वि.सं.२०७९ वैशाख १३ मंगलवार २२:०७
3.16K
shares

बारा । स्थानीय तह निर्वाचनमा बारामा नेकपा एमालले खाता खाेलेकाे छ ।
बाराकाे निजगढ नगरपालिकामा एक वडा महिला सदस्य निर्विरोध निर्वाचित भएकाे हाे ।
निजगढ वडा नं. ३ काे वडा सदस्यकाे उम्मेदवार बुर्गान तामाङ निर्विरोध निर्वाचित भएकी हुन् ।
गठबन्धनकि वडा सदस्यकाे उम्मेदवार देवकी गिरीकाे प्राविधिक कारणले उम्मेदवारी खारेज भएपछि एमालेकी तामाङ निर्विरोध भएकी हुन् । उनले अर्काे उम्मेदवारकाे मनाेनयनमा प्रस्तावकमा हस्ताक्षर गरेकाे भेटिएपछि उम्मेदवारी खारेज भएकाे निर्वाचन कार्यालयले जनाएको छ ।
वि.सं.२०७९ वैशाख १३ मंगलवार २२:०७

















