सुवास नेम्वाङको पूर्व स्वकीय सचिवले जिते वडाध्यक्ष
वि.सं.२०७९ जेठ २ सोमवार १०:५१
798
shares

काठमाडौं । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका पूर्व स्वकीय सचिव बुद्धि खनाल इलामको माई नगरपालिका(७ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।पूर्व पत्रकारसमेत रहेका एमाले उम्मेदवार खनालले नेपाली कांग्रेसका उम्मेदवार गंगाराम योक्पादेनलाई पराजित गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन् ।
खनालले ९५० मत प्राप्त गर्दा योक्पादेनले ६०७ मत पाएका थिए । यस्तै महिला सदस्यमा नेकपा एमालेकी तेज कुमारी लिम्बू, दलित महिला सदस्यमा एमालेकै मेनुका विश्वकर्मा, खुला सदस्यमा पनि एमालेकै रामप्रसाद लिम्बु, र लिला बहादुर राइ निर्वाचित भएका छन् ।
वि.सं.२०७९ जेठ २ सोमवार १०:५१

















