रसुवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
वि.सं.२०७९ जेठ २ सोमवार १०:५४
1.08K
shares

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिका–५ नौबिसेमा गएराती मोटरसाइकल दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालीका–१ का ४० वर्षीय राम तामाङ र मोटरसाइकलमा पछाडी सवार नुवाकोटको बिदुर नगरपालीका १० बेत्रावतीकी ४३ वर्षीया पम्फा तामाङ रहेकी छिन् ।
दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो । बेत्रावतीबाट खाल्टेतर्फ जादै गरेको बा ९६ प २०९४ नम्बरको मोटरसाइकल गएराती सवा १२ बजे अनियनित्रत भइ पल्टिएको प्रहरी चौकी बेत्रावतीले जनाएको छ ।
वि.सं.२०७९ जेठ २ सोमवार १०:५४

















