skip this farak Kura Pravakar

निजगढको ‘भरतपुर’ मा एमालेको सहज जीत !

4.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराको निजगढ नगरपालिकाको एउटा वडा निकै चर्चामा थियो । साविक भरतगञ्ज सिंगौलस्थित निजगढ ३ लाई ‘भरतपुर’ को संज्ञा दिईएको थियो ।

२०७४ मा एमालेले जितेको वडामा उम्मेदवारी छनौंटमा विवाद चर्कियो । निवर्तमान वडा अध्यक्ष जीतबहादुर लामासहित धनबहादुर पुलामी मगर, गोकुल तिमल्सिना लगायत आकांक्षि थिए ।

एमालेका जिल्ला सदस्य गणेश लामाले धनबहादुर पुलामी मगरलाई उम्मेदवार बनाउन चाहान्थ्ये । मगर समुदायको मत आकर्षित गर्न धुनबहादुर नै उपयूक्त पात्र भएको तर्क थियो गणेशको । सबैको नाम सिफारिस भए पनि टिकट गोकुलको हात प¥यो ।

अन्तिम प्रयास गर्दा पनि असफल भएपछि धनबहादुरलाई ‘भरतपुरको जगद्नाथ पौडेल’ शैलीमा अघि सारियो । उनलाई मनाउन अनेक प्रयास गरेपनि टस्मस् भएनन् । पार्टीका नेता अच्युत मैनाली समेत सक्रिए भएका थिए ।

एमालेका धनबहादुरले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराए । खरायो चुनाव चिन्ह पाएका उनी दलबलसहित घरदैलोमा लागे । माहोल आफ्नो पक्षमा पारे तर मतदानको अघिल्लो रात ‘खरायो’ माथि चलखेलको आरोप लागेको छ ।

खरायोको उपस्थितिले सत्ता गठबन्धन उत्साहित देखिन्थ्यो । मुख्य शक्ति विभाजन भएको उपयुक्त अवसर जु¥यो । विभाजित एमालेविरुद्ध माओवादी–कांग्रेस गठबन्धन चुनावी मैदानमा उत्रियो । माओवादी पार्टीको मजदुर नेता खड्गबहादुर लामाको नेतृत्वमा गठबन्धन चुनावमा होमिएको थियो ।

मंगलबार राती भएको मतगणको क्रममा एमाले उत्साहित देखिएको थियो । विहानीपख सार्वजनिक मत परिणामाले वडा नं. ३ मा पुनः सुर्य उदायो । सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवार गोकुल तिमल्सिना २०७ मतको अन्तरले विजयी भए । एमालेले ४८७ मत ल्याउँदा गठबन्धनले २८१ र खरायोले २४० मत ल्यायो ।

वडामा एमालेको प्यानलनै विजयी भएको छ । वडा महिला सदस्य वुरगान कुमारी लामा र दलित महिला सदस्य चनि वि.क.ले समान ५०५, खड्गबहादुर खुलालले ४७२ र जीतबहादुर लोप्चनलाई ५०० मत प्राप्त भयो । अध्यक्षमा निर्वाचित तिमल्सिनाले सबैको भावनालाई समेटेर वडाको विकास गर्ने बताएका छन् ।

nijgadh-supermart-adz1200-630