ट्रयाक्टले स्कुटलाई ठक्कर दिँदा कैलालीमा एक जनाको मृत्यु
वि.सं.२०७९ जेठ ८ आइतवार ११:४२
1.14K
shares

काठमाडौं । कैलालिको गौरीगंगा नगरपालिका–३ कुचैनीमा आज बिहान ट्रयाक्टरले स्कुटरलाई ठक्कर दिदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा स्कुटरको पछाडि सवार एक युवती गम्भिर घाइते भएकी छिन् । मृत्यु हुनेमा स्कुटर चालक लम्किचुहा नगरपालिका–१ बस्ने ३० वर्षीया सबिता कँडेल रहेकी छन् ।घाइते भएकी सोहि ठाउँ बस्ने २५ वर्षीया जमुना सिहलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पठाईएको छ ।
आज विहान ७ बजे कैलालीको कुचौनि स्थित पूर्व पश्चिम राजमार्गमा से १ त ६८ २७ नम्बरको ट्रयाक्टरले सुदुर पश्चिम प्रदेश ०१–००८ प १७८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न ट्रयाक्टर चालक फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।
वि.सं.२०७९ जेठ ८ आइतवार ११:४२

















