skip this

सवारी साधनको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । चितवनको ईच्छाकामाना गाउँपालिका–४ पृथ्वी राजमार्गको धारापानीमा आज बिहान सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।मृत्यु हुनेमा करिब ३५ वर्षीय पुरूष रहेका छन् । मृतकको नाम थर ठेगाना भने खुल्न सकेको छैन् ।

नम्वर नखुलेको सवारी साधनले आज बिहान करिब ४ बजे उनलाई ठक्कर दिएको थियो । दुर्घटना गराई फरार रहेका सवारी साधन सहित चालकको खोजिकार्य भईरहेको ईलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको छ ।

nijgadh-supermart-adz1200-630