यस्तो छ, आजको तरकारीको भाउ
वि.सं.२०७९ जेठ २६ बिहीवार ०९:१४
2.27K
shares

काठमाडौं ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको थोक भाउ सार्वजनिक गरेको छ । आज हरियो अंगुर २२५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी आँप ११० रुपैयाँ र गोलभेडा सानो (टनेल) प्रतिकेजी ५५ रुपैयाँ कायम छ ।
त्यस्तै, रातो आलु ४१ रुपैयाँ, मुडेको आलु ३८.५० रुपैयाँ, सेतो आलु ३२।५० रुपैयाँ, स्थानीय काउली ८५ रुपैयाँ र कागतीको भाउ प्रतिकेजी १७५ रुपैयाँ रुपैयाँ छ । कागतीको मूल्य एकैदिन ३५ रुपैयाले बढेकोे हो ।खुद्रा बजारमा भने तरकारी र फलफूलको भाउ यो भन्दा महँगो हुन्छ ।
वि.सं.२०७९ जेठ २६ बिहीवार ०९:१४
















