काठमाडौं उपत्यकामा एकैदिन २३ सय १९ जना सवारी चालकमाथि कारवाही
वि.सं.२०७९ असार १ बुधवार ११:२४
2.14K
shares

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ३१९ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४८ जना, मदिरा पिएर सवारी साधन चलाउने १०९ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०० जना, लेन उल्लंघन गर्ने ८५ जना, तिब्र गतीमा सवारी साधन चलाउने ७६ जना चालक रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ७६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५० जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३९ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरू पनि कारवाहीमा परेको कार्यालयले जनाएको छ ।
वि.सं.२०७९ असार १ बुधवार ११:२४

















