skip this

नेपाल प्रबासी तामाङ समाज कतारद्वारा मृगौला पिडितलाई आर्थिक सहयोग

1.64K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाल प्रबासी तामाङ समाज कतारले मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ । धादिङ निलकण्ठ नगरपालिका वडा नं १४ ,स्थायी घर भएका आशा बहादुर तामाङको छोरा अबिन तामाङ २० बर्षको कलिलै उमेरमा दुबै मृगौला फेल भएकाले मृगौला प्रत्यारोपणका निजको परिवारको आर्थिक अबस्था कमजोर भएको हुँदा निजलाई सकेको उपचार सहयोग गरिदिन नेपाल प्रबासी तामाङ समाज कतारका केन्द्रिय सदस्य भिम बहादुर मम्बा तामाङले सबैमा आग्रह गरेका छन् । उक्त संस्था लामो समयदेखि गरिब,दुखिको सारथी बन्दै आइरहेको छ । सेवा नै धर्म हो भन्ने मुल नाराका साथ बिभिन्न सहयोगका कार्य गर्दै संस्थालाई अघि बढाएको केन्द्रिय सदस्य तामाङको भनाई छ ।

त्यस्तै मंगलबार समाजको द्वितीय उपाध्यक्ष अस्मिता घिसिङ अभियान संयोजक केन्द्रिय सदस्य भिम मम्ब तामाङ विशेष सल्लाहकार तिर्थ थिङ तामाङ विशेष सल्लाहकार नेत्र वाइबा तामाङ र तामाङ समाज नेपाल काठमाडौं कार्यवाहक अध्यक्ष सन्जय वाइबा तामाङको रोहवरमा बिरामीको निवासमै पुगेर रु. ७६ हजार ९४० रकम हस्तान्तरण गरिएको छ । विद्यार्थी उपकार संघ पात्लेको विशेष सल्लाहकार समाजसेवि श्री निटन गुरुङको उपस्थितमा मृगौला पिडित खेलाडी अबिन तामाङको आमा लाई सहयोग रकम बुझाइएको हो । बिरामीको सफल सल्यक्रिया र सु–स्वास्थको कामना गर्दै सहित बिरामीलाई उक्त हस्तान्तरण गरिएको केन्द्रिय सदस्य तामाङले बताए ।

मृगौला प्रत्यरोपन गर्न धेरै खर्च लाग्ने र परिवारको आर्थिक अवस्था कमजोर भएकोले गर्दा पीडितको उपाचरको लागि नेपाल प्रवासी तामाङ समाज कतारको केन्द्रिय सदस्य भिम मम्ब तामाङको संयोजकत्वमा अबिन तामाङ बचाउ अभियान सन्चालन गरेर संकलन गरिएको थियो ।

nijgadh-supermart-adz1200-630