दाङबाट जाजरकोट जाँदै गरको ट्रक सुर्खेतमा दुर्घटना
वि.सं.२०७९ असार ४ शनिवार ०९:१८
1.4K
shares

काठमाडौं । आज बिहान दाङबाट जाजरकोट जाँदै गरको ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक सुर्खेतमा दुर्घटनामा परेको छ। गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला चौपारी डाँडामा ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार ट्रक सडकभन्दा ५० मिटर तल खसेको छ।उक्त ट्रक मुनि २ जना मानिस च्यापिएको प्रहरीले जनाएको छ। उनीहरु गाडीका चालक–सहचालक हुन् वा अरु कोही हुन् भन्ने खुल्न बाँकी छ।
वि.सं.२०७९ असार ४ शनिवार ०९:१८

















