बाढीले जमिन कटान गर्दा १३ घरपरिवार विस्थापित
वि.सं.२०७९ असार ६ सोमवार १०:०८
2.19K
shares

काठमाडौं । निरन्तर परेरको अविरल वर्षापछि आएको बाढीले जमिन कटान गर्दा झापाको रतुवा खोलामा १३ घरपरिवार विस्थापित भएका छन् भने २५ घर डुबानमा परेको छ ।त्यस्तै, सोही खोलामा आएको बाढी आज बिहान गौरादह नगरपालिका–६ स्थित टङ्गुवा बस्तीमा पसेको छ । बाढी पसेपछि त्यहाँका २५ घर डुबानमा परेका छन् ।
बाढीले दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको खोला किनार नजिक रहेको बस्तीमा बाढीले कटान गर्दा ती घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमक–७ का खड्ग लिम्बू, राजेस किस्कु, विष्णु लिम्बू, मनोज मास्के, सुवास लिम्बू, भारती तामाङ, रामकुमारी लावती, लाक्पा शेर्पा, गोमा तामाङ, डिकबहादुर गुरुङ, सूर्यमान आचार्य, दीपक गुरुङ र विमल किस्कुको परिवार विस्थापत भएका छन् ।
वि.सं.२०७९ असार ६ सोमवार १०:०८
















