skip this farak Kura Pravakar

मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको बजेट १ अर्ब ८० करोड

1.4K shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुरधाम- मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० का लागि रु १ अर्ब ८० करोड ७१ लख ४५ हजार बजेट ल्याएको छ ।

शुक्रबार उपमहानगरपालिकाका उप प्रमुख किशोरी साहले उक्त बजेट प्रस्तुत गरेका छन् । कुल बजेटमध्ये चालूतर्फ रु १ अर्ब ७ करोड ४१ लख २७ हजार र पूँजीगततर्फ रु ७३ करोड ३० लाख १८ हजार विनियोजन गरिएको छ ।

बजेट प्रस्तुत गर्दै उनले आर्थिक विकास समितिका लागि रु ४करोड ५६ लाख, सामाजिक विकास समितिका लागि ६७ करोड ४२ लाख, पूर्वाधार विकास समितिका लागि रु ६४ करोड ६५ लाख १४ हजार, वन वातावरण ता विपद् व्यवस्थापन विकास समितिका लागि रु ५ करोड, सुशासन तथा संस्थागत विकासका लागि रु ४९ करोड ८ लाख ३१ हजार विनियोजन गरिएको जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिकाका उप प्रमुख किशोरी साह बजेट प्रस्तुत गर्दै ।

कोरोनाको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाई महामारीबाट जनजीवनलाई सामान्य अवस्थामा पुर्‍याउने, नगरको भौतिक पूर्वाधारको विकासलाई गति प्रदान गर्ने, आम नगरबासीलाई गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न, लैंगिक समानता, सामाजिक समावेशिकरण र सामाजिक सुरक्षा मार्फत् विभेदमुक्त समाज निर्माण गर्ने उद्देश्य बजेटको रहेको उप प्रमुख साहले बताए ।

यस्तै, रोजगारी सृजना र गरिबी न्यूनिकरणमा टेवा पुर्‍याउन, पर्यटन प्रवद्र्धन गरी नगरलाई आकर्षक पर्यटनको गन्तव्यस्थल बनाउन, सुशासन प्रवद्र्धन र संस्थागत सवलीकरणमा जोड दिन, कृषि, उद्योगको विकास र उद्यमशिलताको प्रवद्र्धन गर्न, स्वच्छ, सुन्दर, सरसफाईयुक्त र हरियालीयुक्त नगरको विकास गर्न, ग्रामिण सडक तथा पुल निर्माण गर्न, ग्रामिण विद्युतिकरण गर्न, विद्युतिय सेवा प्रवाह, ग्रामिण इन्टरनेट सेवा विस्तार गर्ने बजेटको उद्देश्य रहेको उप प्रमुख साहले बताए ।

 

nijgadh-supermart-adz1200-630