skip this

काठमाडौं आइपुगे नेपालका लागि भारतीय राजदूत श्रीवास्तव

1.32K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन्।

उनी शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। उनलाई भारत सरकारले एक महिनाअघि नै नेपालका लागि भारतीय राजदूतको रूपमा सिफारिस गरेको थियो।

गत जेठ २ गते प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण अघि नै उनलाई राजदूतका लागि सिफारिस गरिएको थियो।

श्रीवास्तव विदेश मन्त्रालयको पूर्वी एशिया डिभिजन प्रमुख थिए। दुई वर्षअघि चीनसँग लद्दाखस्थित लाइनअफ एक्चुअल कन्ट्रोल (एलओसी)मा भएको लडाइँको मामिला सुल्झाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

श्रीवास्तव यसअघि मन्त्रालयमा चीन, जापान, उत्तर कोरिया, दक्षिण कोरिया र मंगोलियाको मामिला हेर्ने डिभिजनमा थिए।

उनलाई चीन मामिलाका जानकार व्यक्ति रूपमासमेत हेरिएको छ।

 

nijgadh-supermart-adz1200-630