skip this farak Kura Pravakar

भारतबाट नेपालतर्फ आउने क्रममा तुइन चुँडिदा दार्चुलामा युवक बेपत्ता

1.48K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं – तुइनबाट खसेर दार्चुलाको ब्यास गाउँपालिका–२, छुम्लिङमा एक युवक बेपत्ता भएका छन् ।

भारतबाट नेपालतर्फ आउने क्रममा तुइन चुँडिदा स्थानीय १८ वर्षीय सचिन बुढाथोकी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । दार्चुलाका सीमा क्षेत्रका बासिन्दा किनमेलका लागि भारतीय बजार जाने गर्छन् । सीमा पार गर्नका लागि पक्की पुल नभएका कारण तुइन चढ्नुपर्ने बाध्यता छ ।

तुइन के कारण चुँडियो भन्ने हालसम्म खुलिसकेको छैन । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय भन्छन्, ‘भारी बढी भएका कारण ओभरलोड भएको हो कि भन्ने भन्ने छ, अहिले खोजीलाई नै प्राथमिकता दिएका छौं ।’

उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको उपाध्यायले बताए । उनले भने, ‘भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँग पनि खोजीका लागि सहकार्य गरिरहेका छौं ।’ बुढाथोकी यही वर्ष एसईई परीक्षा दिएर बसेका विद्यार्थी हुन् ।

यसबीच, गृहमन्त्री बालकृष्ण खाणले तुइनबाट खसेर बेपत्ता बुढाथोकीको खोजी कार्य तीब्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआईजी) दुर्गाप्रसाद भट्टराई र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख नायब महानिरीक्षक (डीआईजी) मोहन आचार्यलाई टेलिफोन गरेर बेपत्ता बुढाथोकीको खोजी कार्य तीब्र बनाउन निर्देशन दिएका हुन् ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टराईले खोजी कार्य तीब्र बनाउन गृहमन्त्रीले निर्देशन दिएको तथा सशस्त्र र नेपाल प्रहरी मिलेर रातिसम्म खोज्दा पनि फेला पार्न नसकेको बताए ।

बिहीबार थप फौज पठाएर खोजी कार्य तीब्र बनाइने उनले बताए ।

nijgadh-supermart-adz1200-630