skip this farak Kura Pravakar

निर्वाचनमा हुने विकृति र विसङ्गतिको अन्त्यका लागि अभियान सञ्चालन गर्नुपर्छ –अग्निप्रसाद

1.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।निर्वाचनमा हुने सबै खालका विकृति र विसङ्गतिको अन्त्यका लागि अभियान सञ्चालन गर्नुपर्ने सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन्। आज काठमाडौँमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको संघीय नमूना युवा संसद् अभ्यासको उद्घाटन गर्दै सभामुख सापकोटाले अहिले सामान्य मान्छेले चुनाव लड्नै नसक्ने गरी खर्च हुन थालेको र चुनावमा विकृति र विसङ्गति देखिन थालेको भन्दै यसको अन्त्यका लागि युवाहरूले अभियान नै सञ्चालन गर्नुपर्ने बताएका हुन्।

स्थानीय तहको निर्वाचनमा काठमाडौँको र अन्य स्थानको विश्लेषण गर्दा विद्यमान परिस्थितिबाट जनताहरू सन्तुष्ट नदेखिएको उनले बताए । उनले जनताहरूको भावनालाई नेपालका राजनीतिक पार्टी र नेतृत्वमा बसेकाहरूले बुझ्न नसके आगामी चुनावमा अर्कै परिस्थिति आउन सक्ने धारणा राखे।उनले चुनावलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण रूपमा सम्पन्न गर्न र असल, इमानदार उम्मेदवारलाई जिताउनका लागि युवाहरूले गरेको नमूना संसद् अभ्यासले महत्त्वपूर्ण योगदान गर्ने जिकिर गरे।

 

 

nijgadh-supermart-adz1200-630