चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
वि.सं.२०७९ असार २७ सोमवार १०:३९
1.43K
shares

काठमाडौं । आज बिहान चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँएको हो । उक्त दुर्घटनामा परी इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङको मृत्यु भएको हो।
पुल्चोकबाट मुग्लिङतर्फ जाँदै गरेको ना५ख ८४९७ नंको ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना२६प ४८५१ नंको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट स्कुटर चालक गैँडाकोट नगरपालिका–४ का २१ वर्षीय मनिष लामा गम्भीर घाइते भएका छन्। उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
वि.सं.२०७९ असार २७ सोमवार १०:३९
















