skip this

आफ्नो अडानका कारण देशमा विदेशी शक्तिहरुका षड्यन्त्र असफल भए –माधवकुमार नेपाल

1.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।आफ्नो अडानका कारण देशमा विदेशी शक्तिहरुका विभिन्न षड्यन्त्र असफल भएको नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको भनाई छ । उनले एकीकृत समाजवादी पार्टीकै अडानका कारणले एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासहित पास भएको तथा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता रोक्ने रोकिएको दाबी गरेका छन्।

अध्यक्ष नेपालले विदेशी शक्तिको चलखेल बढेको बताउँदै सोही अन्तरगत विभिन्न खालका परियोजनाहरू आइरहेको टिप्पणी गरे । ‘नेपालले पूर्व एमालेले एमसीसीलाई आँखा चिम्लेर पारित गर्न खोजेपछि तत्कालीन अवस्थामा पार्टीमा हामीले आफ्नो अडान राखेको बताए । अहिले प्रतिनिधिसभाबाट पारित गर्दा पनि आफुहरुकै अडानका कारण व्याख्यात्मक घोषणासहित स्पष्ट पारिएको उनको भनाई छ । उक्त परियोजना एकतर्फी रुपमा कार्यान्वयन गर्न खोजेमा भंग गर्न सकिने पनि नेपालको दाबी छ ।

 

 

nijgadh-supermart-adz1200-630