skip this

आज साउनको पहिलो सोमबार, शिवालयहरुमा भक्तजनको भिड

1.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।आज साउनको पहिलो सोमबार । सोमबार शिवको प्रिय बार पनि हो । आजको दिन हिन्दु धर्म मान्नेहरुले शिव मन्दिरमा गई पूजाआजा गर्ने चलन छ । साउनको पहिलो सोमबारमा हजारौं भक्तजनले पशुपति क्षेत्रका विभिन्न शिवालयमा पूजा आराधना गरिरहेका छन् ।

साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । त्यस्तै आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो। साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ।

पशुपति दर्शनका लागि बिहान २ बजेदेखि नै भक्तजनको आगमन शुरु भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।यस पटकको साउन महिनामा पाँच वटा सोमवार परेको छ । साउन महिना पाँचवटा सोमबार पर्दा धेरै शुभ र पवित्र मानिने शास्त्रमा उल्लेख छ ।

आजका दिन शिवको स्मरण मात्रले मन प्रसन्न हुनेछ भन्ने सनातनीय मान्यता रहेको छ । आजको दिन शुरुवात गरेको काममा सफलता मिल्नेछ । सोमबारको दिन बाहन र नयाँ कपडा खरिद गर्दा राम्रो हुनेछ ।

nijgadh-supermart-adz1200-630