तनहुँको अनसन चौतारीमा पुरुष मृत फेला
वि.सं.२०७९ साउन ७ शनिवार २२:३५
1.94K
shares

तनहुँ-जिल्लाको व्यास नगरपालिका–३ परासर टोलस्थित अनसन चौतारीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।
अन्दाजी ६०/६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शव परीक्षणका लागि दमौली अस्पतालमा राखी पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।
वि.सं.२०७९ साउन ७ शनिवार २२:३५
















