धनगढीमा सेवा ठप्प पारेर विद्युतीय रिक्सा चालकहरु आन्दोलनमा
वि.सं.२०७९ साउन १५ आइतवार १३:१६
1.66K
shares

काठमाडौं । विद्युतीय रिक्सा चालकहरु सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।सरकारले विद्युतीय रिक्सा चालक अनुमती पत्रको आवेदन पत्रको परीक्षा नखोलेको अवस्थामा ट्राफिक प्रहरीले दैनिक जरिवाना कटाउन थालेको भन्दै उनीहरु आन्दोलित भएका हुन ।
चालकहरुले धनगढी उपमहानगरपालिका कार्यालय परिसरदेखि एलएन चोकसम्म रिक्साहरु लामवद्ध पारेर प्रहरी ज्यादतीविरुद्ध बिहानैदेखि एलएन चोकमा प्रदर्शन गरेका छन् ।यातायात व्यवस्था कार्यालयले अटो रिक्सा चालक अनुमती पत्रको आवेदन नखोल्ने तर लाइसेन्स नभएको भन्दै ट्राफिक प्रहरीले दैनिकजसो पाँच सय रुपैयाँदेखि १५ सय रुपैयाँ जरिवाना तिराउन थालेपछि आन्दोलन गर्न बाध्य भएको उनीहरुको गुनासो छ।
वि.सं.२०७९ साउन १५ आइतवार १३:१६

















