मुग्लिन नारायणगढ सडकखण्डमा पहिरो खस्दा राजमार्ग अवरुद्ध
वि.सं.२०७९ साउन १७ मंगलवार ०८:२५
987
shares

काठमाडौं । गएराति ११ बजेदेखि चितवनको मुग्लिन नारायणगढ सडकखण्डको चार स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउन दुईवटा जेसिभी प्रयोग भएका छन् । ठूलो पहिरो खसेका कारण सडक सूचारु हुन समय लाग्ने प्रहरीले जनाएको छ ।
केही दिन देखि परेको अविरल वर्षाका कारण सडकखण्डको भरतपुर २९ केराबारी, ईच्छाकामना ६, त्यस्तै सत्रकिलोमा पहिरो गएपछि बाटो अवरुद्ध भएको हो । पहिरो गएपछि पन्छाउने प्रयास भएपनि वर्षा नरोकिएका कठिन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । लेदो सहित रुख समेत खसेकाले पहिरो पन्छाउन कठिन भएको छ । बाटो अवरुद्ध भएपछि राजधानी, पोखरा जाने आउने सवै यातायात रोकिएका छन् ।
वि.सं.२०७९ साउन १७ मंगलवार ०८:२५

















