skip this farak Kura Pravakar

दाङको देउखुरी करेन्ट लागेर श्रीमान्, श्रीमतीको मृत्यु , एक जना घाईते

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । दाङको देउखुरी करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ। करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा उनीहरुको मृत्यु भएको हो।सोमबार दिउँसो २ बजे कपडा सुकाउँदै गर्दा भिमा गाहा मगरलाई करेन्ट लागेपछि उनकी देउरानी हिमा बचाउन पुगेकी थिइन्।

हिमालाई समेत करेन्ट लागेपछि श्रीमतीलाई बचाउन पुगेका बासुले लठ्ठीले तारलाई हिर्काएका थिए। हिर्काउँदा तार नै चुँडिएर वासुलाई छोएपछि उनलाई समेत करेन्ट लागेको थियो।

मृत्यु हुनेमा राप्ती गाउँपालिका–२ बाहुनेपाटा बस्ने २८ वर्षीय वासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर रहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिए।

सुरुमा करेन्ट लाग्नेक २७ वर्षीया भिमा गाहा मगर सामान्य घाइते भएको र अहिले अस्पतालमा उपचार पछि घर फर्किसकेको प्रहरीले बताएको छ।मृतक दम्पतीको शवलाई पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।

nijgadh-supermart-adz1200-630