काबुलको व्यस्त किनमेल सडकमा बम बिस्फोट, ८ जनाको मृत्यु
वि.सं.२०७९ साउन २२ आइतवार ०७:५९
1.06K
shares

अफगानिस्तान ।अफगानिस्तानको राजधानी काबुलको व्यस्त किनमेल सडकमा शनिबार भएको बम विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको अस्पतालका अधिकारी र प्रत्यक्षदर्शीले बताएका छन् ।
अल्पसंख्यक शिया मुस्लिम समुदायका सदस्यहरू नियमित भेला हुने सहरको पश्चिमी जिल्लामा बम विस्फोट भएको थियो । सुन्नी मुस्लिम आतंकवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ ।
विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका अस्पतालका एक वरिष्ठ अधिकारीले बताएका छन् ।अनलाइन पोस्ट गरिएको भिडियो फुटेजमा एम्बुलेन्सहरू घटनास्थलमा कुदिरहेको देख्न सकिन्छ ।गत शुक्रबार काबुलमा इस्लामिक स्टेटले गराएको विष्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
वि.सं.२०७९ साउन २२ आइतवार ०७:५९

















