skip this farak Kura Pravakar

डुबेर दुई जनाको मृत्यु

1.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सर्लाही र बारामा डुबेर दुई जनाको मृत्यु भएको छ । सर्लाहीको मलंगवा नगरपालिका–५ भाँडसरस्थित सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ माईती घर बस्दै आएकी २१ वर्षीया अर्चना यादवको बुधबार दिउँसो मृत्यु भएको छ ।

बाराको कलैया उपमहानगरपालिका–१२ धर्म नगरस्थित नहरको पानीमा डुबेर भारत विहार मोतिहारी अरेराज बस्ने लिला देवीकी छोरी १८ महिनाकी सुरजीकुमारी मलिकको बुधबार मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि एनएमसी अस्पताल वीरगन्जतर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको हो ।

nijgadh-supermart-adz1200-630