वरिष्ठ कलाकार मदनदास श्रेष्ठ विभुषण समितिको सदस्यमा नियुक्त
वि.सं.२०७८ साउन १९ मंगलवार २३:२६
1.43K
shares

काठमाडौं : सरकारले वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई मंगलबार सरकारी नियुक्ति दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय जीवनमा उल्लेख्य योगदान पु¥याएको भन्दै वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई विभुषण समितिको सदस्यमा नियुक्ति दिएको हो ।
समितिमा श्रेष्ठसहित सुदूर पश्चिमाञ्चल विश्वविद्यालयकी पूर्वउपकुलपति प्रा. भुषण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्टार गोविन्द प्रसाद शर्मा, उद्यमी कुशप्रसाद मल्मी, इञ्जिनियर ओमप्रकाश महतो सुँडी, अवकाशप्राप्त रथी नरबहादुर कँडेल छन् ।
वि.सं.२०७८ साउन १९ मंगलवार २३:२६
















