skip this

बचत फिर्ता नगरेपछि हेटाैंडामा सहकारी संचालक पक्राउ

1.81K shares
oil-nigam-amlekhgunj-adv.jpeg

हेटौंडा-मकवानपुरको हेटौंडा–२ स्थित जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारी लिमिटेडका सञ्चालक पक्राउ परेका छन् ।

बचत कर्ताको रकम माग गरिएको समयमा फिर्ता नगर्ने सहकारी सहकारी बचतकर्ताकै उजुरीपछि पक्राउ परेका छन् ।

सहकारीका संचालक समितिका अध्यक्ष धादिङ फुलखर्क घर भई हेटौंडा–८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारी र कोषाध्यक्ष हेटौंडा–८ का ३२ वर्षीय राजीव तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार दर्जनौ बचतकर्ताहरुले सहकारीको पासबुक सहित उजुरी दिएको बताउँदै अनुसन्धान कार्य भईरहेको बताए ।

सहकारीमा बचत गर्दै आएका हेटौंडा– १८ की कमला बिडारी,हेटौंडा– २ की बबिता श्रेष्ठलगायतले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सहकारी संचालकविरुद्ध २४ साउनमा संयुक्त जाहेरी दखास्त दिएका थिए ।

उनीहरूले आफूहरूको पैसा हिनामिना गरेको र फिर्ता गर्न माग गर्दा नदिएको भन्दै सहकारी सञ्चालक समितका अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङविरुद्ध जाहेरी दिएका थिए ।

nijgadh-supermart-adz1200-630