काठमाडौंबाट थप ६० टिपर फोहोर लगियो बन्चरेडाँडामा
वि.सं.२०७९ भदौ २ बिहीवार ११:२९
963
shares

काठमाडौं– काठमाडौंबाट थप ६० टिपर फोहोर आज बन्चरेडाँडा पठाइएको छ।
नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको सहयोगमा फोहोर लगिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।कुलेश्वरस्थित ट्रान्सफर सेन्टरबाट ६० टिपर फोहोर बन्चरेडाँडातर्फ लगिएको हो।
तर फोहोर फाल्न भने आज पनि स्थानीयले अवरोध गरेका छन्। बुधबार पक्राउ परेका स्थानीयलाई छोड्न माग गर्दै उनीहरूले फोहोर बोकेका गाडी बाटोमै रोकेका छन्।
वि.सं.२०७९ भदौ २ बिहीवार ११:२९

















