skip this

सुमोको ठक्करबाट पिलुवाका दीपक मैनालीको ज्यान गयो

6.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–सुमोको ठक्करबाट बाराको जीतपुरसिमरा–१६ पिलुवाका दीपक मैनालीको विहीबार ज्यान गएको छ ।

हुलास स्टीलका सुरक्षागार्ड समेत रहेका मैनालीको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उनलाई हुलास स्टील अगाडी विहिवार साँझ सुमोले ठक्कर दिएको थियो ।

वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मैनालीको निधन भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । काठमाण्डौबाट कलैयातर्फ आउदै गरेको ना १ झ ८८०६ नम्बरको सुमोले ठक्कर दिदा मैनालीको तिघ्रामा गम्भिर चोट लागेको थियो ।

मैनालीको उच्च रक्तस्रावका कारण निधन भएको चिकित्सकले जनाएका छन् । उद्योगबाट खाना खान निस्किएका मैनालीलाई सुमोले ठक्कर दिएपछि सिमरास्थित अल्पाईन अस्पताल ल्याइएको थियो । उच्च रक्तस्रावका कारण उनलाई अल्पाईन अस्पतालबाट वीरगञ्ज लगिएको थियो ।

मैनालीलाई ठक्कर दिने सुमो र चालकलाई ईलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ ।

दीपकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल कलैयामा राखिएको जीतपुरसिमरा–१६ का वडा अध्यक्ष हरिदेव खरेलले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630